फुटबल

युरोपा लिगः लिभरपुल र वेस्ट ह्यामको जित

इकागज |
असोज ५, २०८० शुक्रबार १०:४२ बजे

काठमाडौँ- युरोपा लिग फुटबलअन्तर्गत इंग्लिस क्लब लिभरपुल र वेस्ट ह्यामले जित हात पारेका छन् ।

समूह ‘इ’ अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले अस्ट्रियाको लास्क फुटबल क्लबलाई ३-१ ले पराजित गरेको हो ।


लिभरपुलको जितमा डार्विन नुनेज, लुइस डियाज र मोहम्मद सालाहले एक-एक गोल गरे ।

लास्कका लागि एकमात्र गोल फ्लोरियन फ्लेकरले गरे ।

यता समूह ‘ए’ अन्तर्गत वेस्ट ह्यामले सर्वियन क्लब बाका टोपोलालाई पनि ३-१ गोलअन्तरले पराजित गर्‍यो ।

वेस्ट ह्यामको जितमा मोहम्मद कुडुस र टोमास सौसेकले एक-एक गोल गर्दा बाका टोपोलाका  नामन्जा पेट्रोभिकले एक आत्मघाती गोल गरे ।

बाका टोपोलाका लागि पेटार स्टानिकले एक गोल फर्काए ।


Author

थप समाचार
x