फुटबल

बेन्जमाको ह्याट्रिकमा इत्तिहादको जित

इकागज |
कात्तिक २५, २०८० शनिबार ८:१ बजे

काठमाडौँ- करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ ।

साउदी प्रो लिग अन्तर्गतको गएराति सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।


अल इत्तिहादको जितमा करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । त्यसैगरी इत्तिहादका लागि अर्को गोल इगोर कोरोनाडोले गरेका थिए । त्यस्तै अभाका लागि कार्ल तोको र् फहाद अल जुमायाहले एक एक गोल गरेका थिए ।

यो जितपछि इत्तिहादको १३ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै अभाको १३ खेलमा १३ अंक रहेको छ र लिमा १३औं स्थानमै रहेको छ ।


Author

थप समाचार
x