फुटबल

बायर्नसँग हारेको म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

इकागज |
मंसिर २७, २०८० बुधबार ९:२७ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिगबाट म्यानचेस्टर युनाइटेड बाहिरिएको छ ।

गएराति सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह चरणबाट नै बाहिरिएको हो । समुह ए अन्तर्गतको यस खेलमा बायर्नले १-० गोल अन्तरले म्यानचेस्टरलाई पराजित गरेको थियो ।


बायर्नको जितमा किंग्स्ले कोम्यानले खेलको ७०औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बायर्न म्युनिख समुह ए मा ६ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहेर राउण्ड १६ मा पुगेको छ । साथै समुह ए बाट कोपनहेगन ६ खेलमा ८ अंकसहित दोस्रो हुँदै राउण्ड १६ मा पुगेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने ६ खेलमा ४ अंक रहेको छ र समुह ए को पुछारमा रहेको छ ।
 


Author

थप समाचार
x