फुटबल

एसियन कपमा आयोजक कतारको विजयी सुरूवात

इकागज |
पुस २८, २०८० शनिबार ९:२७ बजे

काठमाडौँ- एसियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी सुरूवात गरेको छ ।

उद्घाटन खेलमा कतारले लेबनानलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरूवात गरेको हो ।


यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे भने अल्मोएज अलीले एक गोल गरेका थिए ।

एसियन कपको डिफेन्डिङ च्याम्पियनसमेत रहेको कतारले यो जितपछि समूह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।


Author

थप समाचार
x