फुटबल

सिटीका स्ट्राइकर हालान्ड दुई साता मैदान बाहिर रहने सम्भावना

इकागज |
पुस २८, २०८० शनिबार १०:३० बजे

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्ड दुई साता मैदान बाहिर रहने सम्भावना बढेको छ ।

खुट्टाको चोटका कारण हालान्ड जनवरी महिनाभर नै मैदान बाहिर रहने सम्भावना रहेको सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले बताएका छन् ।


गत डिसेम्बर ६ मा एस्टन भिल्लासँग सिटीले पराजय भोगेपछि घाइते भएका हालान्ड मैदान बाहिरै रहेका छन् ।

गुआर्डियोलाका अनुसार उनको हड्डीमा चोट लागेको तथा ठिक हुन केही समय लाग्ने छ ।

नर्वेजियन स्ट्राइकर हालान्डले जारी सिजनमा सिटीका लागि २२ खेलमा १९ गोल गरिसकेका छन् ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत सिटीले आइतबार न्यूकासल तथा जनवरी ३१ मा बर्नलीविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसैगरी, एफए कपमा सिटीले जनवरी २६ मा टोटेनहमविरुद्ध खेल्ने छ ।


Author

थप समाचार
x