फुटबल

गाम्बियामाथि सेनेगलको ३-० को शानदार जित

इकागज |
माघ २, २०८० मंगलबार ७:१७ बजे

काठमाडौँ- अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ ।

सोमबार राति भएको समुह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।


सेनेगलको जितमा लामिने कामाराले दुई गोल गरेका थिए भने पापे गुएयेले एक गोल गरेका थिए ।

यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा गाम्बियाका एबोउ एडम्सले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा सिमित भएको थियो ।

अब सेनेगलले अर्को खेल आगामी शुक्रबार क्यामरुनसँग खेल्ने छ भने गाम्बियाले शनिबार गुएनासँग खेल्ने छ ।


Author

थप समाचार
x