फुटबल

साफ यू-१६ : भुटानको पोस्टमा नेपालको ३ गोल

इकागज |
फागुन २१, २०८० सोमबार १७:३ बजे

काठमाडौँ- साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपमा आयोजक नेपालले भुटानमाथि शानदार जित हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलमा नेपालले भुटानलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।


नेपालको जितमा पुजा गिरी, कप्तान भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक-एक गोल गरे ।

यसअघि नेपालले बंगलादेशविरुद्ध २-० गोलअन्तरको पराजय भोगेको थियो ।

यससँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । नेपाल, भारत, भुटान र बंगलादेशसम्मिलित प्रतियोगिताअन्तर्गत नेपालले लिग चरणको अन्तिम खेल भारतविरुद्ध मार्च ७ मा खेल्नेछ ।

भारत र बंगलादेशले समान एक-एक खेलमा जित हात पार्दा भुटानले भने दुई खेलमा हार भोगेको छ ।


Author

थप समाचार
x