फुटबल

कोपा अमेरिका फुटबल

ब्राजिलको बराबरी गोलले मान्यता पाएन

इकागज |
असार २७, २०७८ आइतबार ७:२ बजे

काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो ।

त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि गोल हुन सकेन । खेलको दोस्रो हाफ चलिरहदा अर्जेन्टिनाले १-० गोलको अग्रता लिएको छ ।



Author

थप समाचार
x