फुटबल

म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा राल्फ राग्‍निक नियुक्त

इकागज |
मंसिर १३, २०७८ सोमबार १७:३४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले सोमबार राल्फ राग्‍निकलाई प्रशिक्षकमा नियुक्त गरेको छ । जर्मनीका राग्‍निकलाई ६ महिनाका लागि प्रशिक्षकमा नियुक्त गरिएको हो । सन् २०२२ को मेसम्म उनी युनाइटेडको प्रशिक्षक रहनेछन् । त्यसपछिका दुई वर्ष उनी युनाइटेडमा कन्सल्टेन्टको भूमिकामा रहनेछन् । 

‘म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुन पाउँदा उत्साहित छु । अनि जारी सिजनलाई सफल बनाउन पनि प्रतिबद्ध छु । युनाइटेडमा प्रतिभावान् खेलाडीहरूको समूह छ । म उनीहरूलाई सहयोग गर्न चाहन्छु । र, क्लबको दिर्घकालिन योजनालाई लिएर पाि म उत्साहित छु,’ ६३ वर्षीय राग्‍निकले भनेका छन् । 


ओले गनर सोल्स्यारलाई बर्खास्त गरेपछि युनाइटेड नयाँ प्रशिक्षकको खोजीमा रहँदै आएको थियो । नोभेम्बर २० मा वाटफोर्डसँग ४–१ को पराजयपछि सोल्स्यार बर्खास्तीमा परेका थिए । सोल्स्यार हटेपछि उनका सहायक माइकल क्यारिकलाई टिमको जिम्मेवारी दिइएको थियो । 


Author

थप समाचार
x