सरकार

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की

इकागज |
असार २, २०७९ बिहीबार १४:१८ बजे

फाइल तस्बिर

काठमाडाैँ -  सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्‍ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्‍चारकर्मीले उठाएका प्रश्‍नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले नेपाल
सार्वभोम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु रहेकोले बिना प्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने
कुरा कुरामै सीमित रहेको दाबी गरे। उनले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अबका दिनमा नेपाली जनताले पाउने प्रतिफल
देखिँदै जाने जिकिर गरे ।

साेही क्रममा मन्त्री कार्कीले एमसीसी परियोजनालाई समयमै सम्पन्‍न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि सबैले साझा प्रयत्‍न गर्नुपर्नेमा जाेड दिए ।



Author

थप समाचार
x