सरकार

सास्ती कम हुने विश्वास

पासपोर्टको लागि आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन दिने व्यवस्था

इकागज |
माघ १६, २०७९ सोमबार ७:४१ बजे

काठमाडौँ - राहदानी विभागले आजदेखि एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार सेवा सहज बनाउन आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था थियो ।

यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागको विश्वास छ । विभागका अनुसार आज १६ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।


विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि-इनरोलमेन्ट गराउने छन् ।


Author

थप समाचार
x