सरकार

बिहानै चितवन उडे प्रधानमन्त्री प्रचण्ड

इकागज |
चैत १६, २०७९ बिहीबार ९:४४ बजे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन गएका छन्।  विमानस्थल भवनको शिलान्यासका लागि बिहीबार उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत् चितवन गएका हुन्।​

मन्त्रालय भागबण्डाका लागि बोलाइएको बैठक छाडेर प्रधानमन्त्री चितवन उडेका हुन्।  कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले बालुवाटारमा छन्।


उनी दिउँसो एक बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे फेरि बस्ने भएको छ ।


Author

थप समाचार
x