सरकार

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

इकागज |
चैत ८, २०८० बिहीबार १२:२१ बजे

काठमाडौँ- सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो । 


Author

थप समाचार
x