समाज

बझाङमा मतगणना सुरु

इकागज |
बैशाख १६, २०८१ आइतबार १४:३७ बजे

बझाङ- बझाङमा मतगणना सुरु भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १ (क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।   


बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुँदै छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।   


Author

थप समाचार
x