सरकार

खोप केन्द्र बढाउन प्रधानमन्‍त्री देउवाको निर्देशन

इकागज |
साउन १, २०७८ शुक्रबार १५:३३ बजे

काठमाडौँ - प्रधानमन्‍त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्‍द्रहरू बढाउन निर्देशन दिएका छन् । खोप केन्‍द्रमा लामो लाइन देखिएको भन्‍दै मुख्‍यसचिव र स्वास्‍थ्य सचिवलाई खोप केन्द्रहरू बढाउन निर्देशन दिएको प्रधानमन्‍त्री देउवाको सचिवलायले जनाएको छ । सचिवालयकाअनुसार खोप केन्‍द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्‍त्री देउवाले निर्देशन दिएका हुन् । 


 



Author

थप समाचार
x