घटना-दुर्घटना

कञ्चनपुरमा सडक दुर्घटना हुँदा दुईकाे मृत्यु

इकागज |
जेठ ७, २०७९ शनिबार ३:९ बजे

कञ्चनपुर । शुक्लाफाँट राष्ट्रिय निकुञ्जको अर्जुनी व्यारेक नजिक पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरदेखि धनगढीतर्फ गइरहेको से १ च ४४८ नम्बरको जीप र झलारीदेखि महेन्द्रनगरतर्फ आइहेको म २ प ६८९३ नम्बरको मोटरसाइकल बेलुकी ब्यारेक नजिकैको जङ्गलमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्यु हुनेमा वेदकोट नपा–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षका भुतेश बम रहेका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।


घटनास्थलमा घाइते उनीहरूको झलारीमा उपचार हुन नसकेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार उनीहरूको उपचार कै क्रममा अस्पतालमा मृत्यु भएको हो । उनीहरूको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । चालक र जीप इप्रका कार्यालय झलारीले नियन्त्रणमा लिइएको छ ।


Author

थप समाचार
x