घटना-दुर्घटना

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

इकागज |
असार ५, २०७९ आइतबार १९:२५ बजे

चन्द्रौटा- कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।    
    
टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो । टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।



Author

थप समाचार
x