घटना-दुर्घटना

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

इकागज |
असार ६, २०७९ सोमबार २०:१८ बजे

गोरखा-  गोरखामा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो ।    
    
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई करेन्ट लागेको हो । ताप्लेजुङ स्थायी घर भएका उनलाई करेन्ट लागेपछि भुइँमा खसेका थिए । गम्भीर घाइते लिम्बुको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x