घटना-दुर्घटना

पहिराेले दशरथचन्द राजमार्ग अवरुद्ध

इकागज |
असार १९, २०७९ आइतबार १८:४९ बजे

फाइल तस्वीर

बैतडी ।  सडक माथिबाट खसेको पहिराेले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।    
    
दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए । राजमार्ग अवरुद्ध बनेसँगै बझाङ, बैतडी र दार्चुलाका गाडीहरू बीच बाटोमा अलपत्र परेका छन् । राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
 



Author

थप समाचार
x