घटना-दुर्घटना

भ्यान र मोटरसाइकल ठोक्किदा एकको मृत्यु एक घाइते

इकागज |
मंसिर ११, २०७९ आइतबार २१:३७ बजे

फाइल फोटो

भक्तपुर - मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
 
चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 


दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका-७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ । रासस


Author

थप समाचार
x