घटना-दुर्घटना

टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

इकागज |
मंसिर १८, २०७९ आइतबार ११:४८ बजे

काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान सिंह राई रहेका प्रहरीले जनाएको छ ।  

हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । टेम्पो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 



Author

थप समाचार
x