काभ्रेको बेथानचोकमा बस दुर्घटना : कम्तीमा १३ जनाकाे मृत्यु

काठमाडौँ- काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाकाे मृत्यु भएकाे छ ।
१३ जनाकाे घटनास्थल मै मृत्यु भएकाे काभ्रे प्रहरीले जनाएकाे छ । मृतक संख्या बढ्न सक्ने आशंका गरिएकाे छ ।
बा ३ ख ४३८५ बस बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेदमा मंगलबार साँझ दुर्घटना भएको हाे । अन्य घाइतेहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी रहेको छ ।
थप विवरण आउन बाँकी ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया