घटना-दुर्घटना

रेलले किच्दा एकको मृत्यु

इकागज |
पुस १३, २०७९ बुधबार १४:३८ बजे

प्रतिकात्मक तस्वीर

जनकपुरधाम। जनकपुरधाम–जयनगर रेलमा किचिएर एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले वैदेही स्टेशनमा किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

मृत्यु हुनेमा नगराइन नगरपालिका राघोपुरका वर्ष ३५ का पुरन दास रहेका छन् । जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर ९ स्थित वैदेही स्टेसनमा चढ्ने क्रममा दासको मृत्यु भएको जिप्रका धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।


रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर दासकाे रेल्वे लिकमा खस्दा किचिएर मृत्यु भएकाे हाे ।


Author

थप समाचार
x