पोखरा विमान दुर्घटना : ४६ जनाकाे शव काठमाडौं ल्याइयो

काठमाडौं - १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शव आज काठमाडौं ल्याइएको छ । उनीहरूको शवलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
अन्य २४ जनाको शव भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो ।
विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शव फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया