घटना-दुर्घटना

बेपत्ता खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीद्वारा फेला

इकागज |
माघ ५, २०७९ बिहीबार १७:२३ बजे

काठमाडौं- काठमाण्डौंको किर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव पुस ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय
मिटर तल फेला पारेको हो ।


पुस २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १
बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए भने अन्दाजी ४० वर्षीया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।


Author

थप समाचार
x