घटना-दुर्घटना

आगो ताप्ने क्रममा विराटनगरमा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

इकागज |
माघ ५, २०७९ बिहीबार १८:३१ बजे

विराटनगर । जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० लालीगुराँस चोकमा बिहीबार बिहान आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो । 


Author

थप समाचार
x