घटना-दुर्घटना

प्रहरी इन्चार्ज मृत फेला

इकागज |
साउन ९, २०८० मंगलबार १६:२१ बजे

फाइल फोटो

बागलुङ - बागलुङको इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्ज्वल पौडेल मृत फेला परेका छन् ।​

बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरको तल्लो तलामा सोमबार राति इन्चार्ज पौडेल मृत फेला परेका हुन् । जनप्रतिनिधिमार्फत जानकारी पाएपछि सोमबार रति २ बजे चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो। 


मध्यराति १२ बजेतिर होटेल सञ्चालकले जनप्रतिनिधिलाई पौडेल मृत फेला परेको जानकारी गराएपछि प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले होटेल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x