घटना-दुर्घटना

चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
साउन १२, २०८० शुक्रबार १६:४० बजे

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो । 

मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । 


काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी धकेल्नका लागि तल ओर्लिएका कारण तीन जना भने बाँच्न सफल भएका छन् ।


Author

थप समाचार
x