घटना-दुर्घटना

बबई नदीमा आएकाे बाढीले बगाउँदा तीन जना बेपत्ता

इकागज |
साउन २८, २०८० आइतबार १८:१५ बजे

बुटवल ।  बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका तीन जना बेपत्ता भएका छन् ।

आज आइतबार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाकाे पण्डितपुरका महेश चाैधरी बेपत्ता भएका बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मलबहादुर बोहोराले जानकारी दिए । बेपत्ता भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेकाे उनले  बताए । 


अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढ्न थालेको छ । हिजोदेखि लगातार परेको पानीले बबई नदीमा पानीको सतह बढेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।

बर्दियामा सडक र सम्म परेका ठाउँहरू जलमग्न भएका छन् । स्थानीय खोलामा आएको बाढीले बारबर्दिया नगरपालिकाको वडा नम्बर ८ का धेरैजसाे गाउँहरू डुबानमा परेका छन् । 

यस्तै कर्णाली र बबई नदीलगायत स्थानीय खोलामा आकस्मिक बाढी आउने भएकाले आसपासका बस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।


Author

थप समाचार
x