घटना-दुर्घटना

कोटेश्वरमा एम्बुलेन्स दुर्घटना

इकागज |
मंसिर ३०, २०८० शनिबार २०:१२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- कोटेश्वरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेमा सञ्चालित प्रदेश-३-०१-०२३ च ४७०५ नम्बरको एम्बुलेन्स कोटेश्वरमा दुर्घटना भएको हो ।

गजेन्द्र स्मृति फाउन्डेसनबाट सञ्चालित एम्बुलेन्स दोलखाबाट बिरामी बाेकेर काठमाडौँ आएको थियो । सोही क्रममा विपरीत दिशाबाट आएको कारसँग एम्बुलेन्स ठोक्किएको थियो ।


दुर्घटनामा मानवीय क्षति भएको छैन । एम्बुलेन्सको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । ठक्करपछि कार चालक फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x