घटना-दुर्घटना

प्यूठानमा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए आमा छोरा

इकागज |
पुस ९, २०८० सोमबार ११:३२ बजे

फाइल तस्बिर

काठमाडौँ - प्यूठानमा आमा छोरा मृत फेला परेका छन् । झिमरुक गाउँपालिका ३ पिपलारुख भन्ने स्थानमा आमाछोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । 

३८ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का काफलको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका श्रीमान मजदुरीका लागि भारत गएका छन् ।  घटनास्थलमा पुगी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



Author

थप समाचार
x