घटना-दुर्घटना

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

इकागज |
पुस ९, २०८० सोमबार ११:५१ बजे

सिन्धुली - सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध गरिएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने बीपी राजमार्ग अवरुद्ध गरेका हुन् । 


बसको ठक्‍करबाट मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन् । 

स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।
 


Author

थप समाचार
x