घटना-दुर्घटना

मोटरसाइकलको ठक्करबाट नवलपरासीमा एक जनाको मृत्यु

इकागज |
पुस १२, २०८० बिहीबार ११:१९ बजे

सांकेतिक तस्बिर

चितवन - चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

 बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएको थियो । तर, अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x