घटना-दुर्घटना

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

इकागज |
पुस १३, २०८० शुक्रबार १३:३२ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौं - आन्दोलनकारीको एउटा समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् ।

राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बालकुमारी कोटेश्वर क्षेत्रमा मन्त्री ज्वालाको गाडी जलाएका हुन् ।


आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी जलेको छ । मानवीय क्षति भने भएको छैन । 

सो क्षेत्रमा अहिले तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रण लिनका लागि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। 

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 


Author

थप समाचार
x