घटना-दुर्घटना

गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ, मन्त्रीलाई रेस्क्यु गरी सिंहदरबार पुर्‍याइयो

इकागज |
पुस १३, २०८० शुक्रबार १३:४१ बजे

फाइल तस्बिर

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ परेका छन् । मन्त्रीको गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ गरेको  केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनले भने, 'आन्दोलित युवाहरूको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।'


रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले गाडीमा आगजनी गरेका थिए ।

 ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । 


Author

थप समाचार
x