घटना-दुर्घटना

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित

इकागज |
पुस १६, २०८० सोमबार १९:२० बजे

सांकेतिक तस्बिर

दाङ- दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो ।

सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट दुधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको थियो ।

विद्यार्थीको मृत्युपछि स्थानीयले घोराही तुलसीपर सडकखण्ड अवरुद्ध गरेका छन् । विद्यार्थी अभिभावकहरूले अहिले नाराबाजीसहित ठक्कर दिने गाडी तोडफोड गरेका छन् । स्थानीले तोडफोड गर्दा प्रहरीको भ्यानमा समेत क्षति पुगेको छ ।


Author

थप समाचार
x