घटना-दुर्घटना

चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

इकागज |
माघ २४, २०८० बुधबार ७:० बजे

फाइल तस्बिर

चितवन - चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् । 


कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x