घटना-दुर्घटना

मोटरसाइकल दुर्घटनामा परी २२ वर्षीय युवकको मृत्यु

इकागज |
माघ २५, २०८० बिहीबार २०:९ बजे

उदयपुर- उदयपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् ।

बिहीबार मदन भण्डारी राजमार्गको गाईघाट-बेल्टार सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका-१३ असारीमा प्रदेश १-०५-००१-४०८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका-११ पुरानो पेट्रोल पम्पका २२ वर्षीय किरण कटुवालको ज्यान गएको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक कटुवालसँगै मोटरसाइकल पछाडि सवार त्रियुगा-१० बाँसबारीका २१ वर्षीय सुनील दाहाल घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x