घटना-दुर्घटना

दाङमा चालकले कार पुलबाट खसाले

इकागज |
फागुन २९, २०८० मंगलबार ८:५४ बजे

काठमाडौँ - दाङको घोराहीमा एक चालकले कार पुलबाट खसालेका छन् । घोराही-लमही सडक अण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति कार खसालेका हुन् । 

बागमती प्रदेश ०१-०२८ च ९८५५ नम्बरको कार दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कटुवा खोला पुलबाट सोमबार राती ९ः३० बजे अनियन्त्रित भएर खोलामा खसेको हो ।


दुर्घटनामा कार चालक ललितपुर महानगरपालिका-१५ का ४२ वर्षीय उज्जवल केसी घाइते भएका छन् । 

उनी कारमा एकलै रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । घाइते चालक केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको निधार र छातीमा चोट लागेको छ । 


Author

थप समाचार
x