घटना-दुर्घटना

१३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८७ वर्षका वृद्ध पक्राउ

इकागज |
फागुन १७, २०७७ सोमबार १५:४४ बजे

फाइल तस्बिर

काठमाडौँ  :  गोरखामा १३ वर्षकी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा ८७ वर्षका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।  गण्डकी गाउँपालिका वडा नं ४ गैरीगाउँकी एक बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरीले ८७ बर्षका केदारप्रसाद देवकोटालाई पक्राउ गरेको हो । 

बालिका गोठालो जाँदा ति वृद्धबाट बलात्कारको शिकार हुने गरेको पीडितकी ठूलीआमाले प्रहरी समक्ष दिएको जाहेरीमा उल्लेख छ ।  



Author

थप समाचार
x