साहित्य

उज्वल थापाको 'ह्वाई नेपाल' पुस्तक सार्वजनिक

इकागज |
कात्तिक १९, २०७९ शनिबार १८:४१ बजे

काठमाडौँ- युवा नेता एवं सामाजिक अभियन्ताको छवि बनाएका दिवंगत उज्वल थापाको 'ह्वाई नेपाल' पुस्तक सार्वजनिक भएको छ ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री गगनकुमार थापा, अर्थशास्त्री एवं कांग्रेसका युवा नेता डा स्वर्णीम वाग्लेले लगायतले विमोचन गरेका हुन् ।


राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको हो । कार्यक्रममा कांग्रेस महामन्त्री थापाले राजनीतिमा विकल्पको खोजीका लागि थापाले गरेको संघर्षको चर्चा गरे ।

त्यस्तै स्वर्णीम वाग्लेले उज्वल थापाले सामाजिक अभियन्ता तथा युवा नेताका रूपमा खेलेको भूमिकाको स्मरण गरे ।

नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना लगायतका विषय पुस्तकमा समेटिएको छ । उज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको थियो ।


Author

थप समाचार
x