साहित्य

पानी माथि

सरू आचार्य |
मंसिर ९, २०८० शनिबार ९:२१ बजे

छाल दौडियो भर्खर पानी माथि
को हिर्काउँदैछ पत्थर पानी माथि 

जिन्दगानी सङ्लिने आशा बोकेर 
बनाउँदैछन् मान्छे घर पानी माथि


आँखा आगो बन्ने  सपना देख्दैछ
बसेर पनि अक्सर पानी माथि

पानी सम्झिएँ अनि तिमी सम्झिएँ
सरमले झुक्यो नजर पानी माथि

मैले डुबेर पनि हेरेको थिएँ
नबग्दो रहेछ डर पानी माथि

कहाँ पुगेर टुङ्गिन्छ होला अब
सुरु भएको छ सफर पानी माथि

साथीले बडो प्यारले निदाउन भन्यो 
ओडाएर बाक्लो च्यादर पानी माथि

आचार्यको यसअघिको गजल


Author

थप समाचार
x