संगीत

‘अंश ’ माग्दै गायिका कमला थापा

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १४:३ बजे

काठमाडौँ- गायिका कमला थापाको ‘अंश माग्न देउ’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युटुब च्यानलमा गीतको भिडियो सार्वजनि भएको हो । शब्द, संगीत तथा एरेन्ज बाबुल गिरीको रहेको गीतमा गायिका कमला थापाको सुमधुर स्वर रहेको छ । 

निर्देशक माइकल चन्दले निर्देशन गरेको भिडियोमा मोडलद्वय उषा उप्रेती र गीता ढुंगाना प्रस्तुत छन् । उषा र गीतासंगै कमला थापा, नारायण थापा, बेग बहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्की लगायतको पनि अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोमा शिलन लम्सालले सम्पादन गरेका छन् । 


एकपछि अर्को हिट भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो भिडियोमा नयाँ कन्सेप्टमा काम गरेको बताएका छन् । उनि ‘अंश माग्न देउ’ भिडियोलाई दर्शकले माया दिनेमा आशाबादी देखिएका छन् ।  

भिडियमा छोरा–छोरी बराबर हुन् भन्ने सन्देस दिएको छ । छोरीले पनि छोरा समान अंश पाउनुपर्छ, बरु बिहे गरेर श्रीमानलाई माइतमै राख्ने भन्दै रमाइलो शैलीमा भिडियोको कथा प्रस्तुत गरिएको छ ।


 


Author

थप समाचार
x