संगीत

अमेरिकामा महादेवको  जादु

इकागज |
मंसिर २, २०७९ शुक्रबार १०:३१ बजे

काठमाडौँ - नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । अमेरिकाको विभिन्न सहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी सो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा नृत्य, गायन र कमेडीका पनि पस्किएका थिए । त्रिपाठीको जादुमा दंग परेका दर्शक कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । त्रिपाठीले कार्यक्रममा नृत्यकला पनि प्रस्तुत गरेका थिए ।

बुद्ध ट्याक्स एन्ड एकाउन्टिङ, नमस्ते ग्रुपको संयुक्त आयोजना रहेको कार्यक्रममा सुरसुधा ब्यान्डको पनि प्रस्तुति रहेको थियो । सुरसुधाको तर्फबाट गायक सुरेन्द्र श्रेष्ठ, गायिका सरस्वती खत्री र म्युजिसियन रमन महर्जन र विकास सुनार कार्यक्रममा सहभागी थिए । 


‘सुरसुधा कमेडी सो’ कार्यक्रम अमेरिकाको दर्जनबढी ठाउँमा गर्ने उदेश्यले कलाकार त्रिपाठीसहित कलाकारको टोली केही अगाडि अमेरिका पुगेको थियो । अमेरिका पुगे लगतै कार्यक्रम सुरु गरेको टोलीले अहिलेसम्म अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोर्निया, डालस लगायतका स्थानमा कार्यक्रम गरिसकेका छन् । 
करिब ३ महिना चल्ने ‘सुरसुधा कमेडी सो’ अमेरिकाको अझै दर्जन बढी सहरमा आयोजना हुने कलाकार त्रिपाठीले बताए ।

कार्यक्रमको आयोजक नवराज केसी, पशुपति श्रेष्ठ, गायक राजेश हमाल र निमा शेर्पाले रहेका छन् । कलाकार त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि  मनास्लु कलेजले पठाएको हो ।‘सुरसुधा कमेडी सो’ को उदेश्य अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको विभिन्न सहरमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रमपछि कलाकार टोलीलाई त्यहाँका स्थानीय आयोजकले सम्मानसमेत गर्ने गरेका छन् । 


Author

थप समाचार
x