संगीत

निशान र अस्मिता अधिकारीको स्वरमा ‘मेसो मिलाएर’

इकागज |
फागुन ११, २०७९ बिहीबार १०:१५ बजे

काठमाडौँ- संगीतकार अर्जुन पोखरेल प्रेमिल गीत तयार पार्न माहिर छन् । उनले, संगीत भरिएका प्रेम भाव मिसिएका गीतले बजारमा चर्चा पनि पाएका छन् । ​उनै, अर्जुनको संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा समावेश यो गीतमा दिग्गज धौरालीको शब्द छ ।

गीतले युवायुवतीबिचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले भिडियोलाई गीतको भाव अनुसार नै तयार पारेका छन् ।


भिडियोमा नायक राज कटुवाल र नायिका श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स हेर्न सकिन्छ । आकर्षक लोकेशनमा माइकलले भिडियोलाई रंगीन बनाएका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको पनि अभिनय छ । 

 


Author

थप समाचार
x