संगीत

भारतमा पनि भाइरल हुँदै ‘बादल वर्षा बिजुली’

इकागज |
साउन १२, २०८० शुक्रबार ११:१३ बजे

काठमाडौँ -  आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको गीत ‘बादल वर्षा बिजुली’ले नेपालमा मात्र होइन भारतमा पनि अचाक्ली दर्शक पाउन थालेको छ । नेपाली टिकटकरबीच अचानक लोकप्रिय बनेको यो गीत अहिले विदेशमा पनि छाउन थालेको छ । नेपाली टिकटकरको सिको गर्दै भारतमा पनि अहिले यसमा नाच्नेको संख्या बढेको छ ।

यो गीत १८ वर्षअघि रेकर्ड भएको थियो । सचिन सिंहको संगीत र करुण थापाको रचना रहेको यो गीत ‘कर्तव्य’ नामको चलचित्रमा समावेश थियो । गीतमा दीलिप रायमाझी र सज्जा मैनाली नाचेका थिए ।


टिकटकसँगै अहिले यो गीत भारतमा इन्स्टामा पनि भाइरल हुन थालेको छ । हिन्दुस्तान टाइम्सले यो गीतमा नाच्ने दुई बालिकामाथि समाचार लेख्दै नेपाली गीतमा दुई बालिका नाचेको भिडियोले इन्स्टामा मात्र ३० लाख भ्युज पाएको उल्लेख गरेको छ । 

गीतले टिकटकमा पुनर्जीवन पाएको संकेत पाएसँगै यो गीतलाई भर्खरै नयाँ अरेन्जमेन्टसहित भिडियो बनाएर सार्वजनिक गरिएको थियो । नयाँ भिडियोमा बिजु पार्की र कविता नेपालीको नृत्य रहेको छ । 


Author

थप समाचार
x