संगीत

टिकटकमा रुचाइँदै लक्ष्मणको ‘खुर्पेटोमा थियो माया’

इकागज |
साउन २१, २०८० आइतबार १४:८ बजे

रचनाकार बियाेगीका साथ गायिका रचना रिमाल

काठमाडौँ - लक्ष्मण बियोगीको शब्द रहेको गीत ‘‘खुर्पेटोमा थियो माया’ भिडियो बिनै टिकटकमा रुचाइन थालेको छ । केही समय पहिले सार्वजनिक गीतको भिडियो नबने पनि यसमा स्वर दिने गायिका रचना रिमालले यसको टिकटक बनाएपछि उनलाई पछ्याउँदै टिकटक बनाउने दर्शकको संख्या बढिरहेको छ । 

लोक शैलीको सुगम संगीत रहेको गीतलाई मनोहर सुनामले संगीत गरेका हुन् । पुराना पुस्ताका बाद्यवादक मनोहरले थुप्रै कालजयी गीतमा संगीत भरेका छन् ।
टिकटकमा रुचाइन थालेपछि गीतकार बियोगी गीतको भिडियो बनाउने योजनामा रहेका छन् । उनले लोकप्रियताको ग्राफ हेरेर भिडियो निर्माणमा लाग्ने बताएका छन् । पेशाले उर्जा पत्रकार बियोगीका अहिलेसम्म दर्जन बढी गीत रेकर्ड भइसकेका छन् । 


 


Author

थप समाचार
x