प्रमुख समाचार

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध एमालेको उजुरी

इकागज |
फागुन २७, २०७९ शनिबार १८:३० बजे

काठमाडौँ - नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तौलाले उजुरी दर्ता गराएका हुन् ।

संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशंकामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ ।



Author

थप समाचार
x