प्रमुख समाचार

कांग्रेस महाधिवेशन

पौडेल समूहद्वारा डडेलधुराको वडा अधिवेशनबारे निर्वाचन समितिको ध्यानाकर्षण

इकागज |
भदौ ३१, २०७८ बिहीबार १८:५८ बजे

काठमाडौँ - नेपाली काँग्रेसको नेता रामचन्द्र पौडेल समूहले डडेल्धुराको वडा अधिवेशनबारे निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पुगेर पौडेल समूहका नेताहरूले निर्वाचन समितिका पदाधिकारीलाई भेटेर डडेलधुराको वडा अधिवेशनबारे ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षणपछि पत्रकारसँग सक्षिप्त कुराकानीमा नेता पौडेलले डडेल्धुरादेखि देशका विभिन्‍न ठाउँमा समस्या आइरहेकोले त्यसको समाधान न्योयोचित ढंगले हुनुपर्ने बताए । 


‘पहिला पनि मैले सभापतिलाई त्यहाँ मिस भयो, मिटिङ्ग बोलाउँ, तुरुन्त निर्णय दिउँ भने, अहिले पनि त्यहाँ मिस भयो, भनेको छु, आठ वटा क्रस्टर छ, त्यसका मान्छेहरू कस-कसको कहाँ-कहाँ कसको प्रतिनिधित्व हुने भयो । कसको हुने भएन कहाँनेर ल्यापसेस छ, त्यो कुरा समिक्षा गरेर निर्णय गरेर पठाइदिनुपर्‍यो,' नेता पौडेलले भने, 'अब यो दंगा फसाद गराउने कुरा छैन,पार्टीको बीचमा कति सत्याग्रह गर्ने ? त्यहाँ शेरबहादुर भन्दा सिनियरहरू आएर बसेका छन्, यस्ते किसिमको लठाभद्र पारेर के गर्न खोजेको सभापतिलाई गएर भनेका छौँ, मिटिङ्ग बोलाउँ, उहाँहरुको तत्काल सम्बोधन गर्नुपर्छ मेरो कुरो त्यही छ, आज निर्वाचन समितिलाई हामीले हाम्रो कुरा राख्यौँ ।'

नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली काँग्रेसको इतिहासमै नभएको बताए । उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिनै अधिवेशन गरिनु दुर्भाग्य रहेको भन्दै यसले डेमोक्रेसी अफ्ठ्यारोमा पारेको बताए । 

पौडेल समूह क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डडेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ती जनाउँदै आएको छ ।  


Author

थप समाचार
x