प्रमुख समाचार

विदेशी शक्तिले नेपालका कम्युनिष्टलाई तीन टुक्रा बारे : रामबहादुर थापा

इकागज |
मंसिर १०, २०७८ शुक्रबार १३:३४ बजे

काठमाडौँ – नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापाले नेपालका कम्युनिष्टहरुलाई देशी विदेशी शक्तिहरुले तीन टुक्रा पारेको आरोप लगाएकाछन् । एमालेको  १०औँ महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेता थापाले अहिलेको राष्ट्रिय राजनीति सहज र सामान्य नभएको बताएका हुन् ।  

‘आजको राष्टिय अवस्था सहज र सामान्य छैन । देशी विदेशी शक्तिले कम्युनिष्टलाई तीन टुक्रामा विभाजित गरिएको छ,’ उनले भने, ‘मुलुकको व्यवस्था संसदबाट होइन ठाडो अध्यादेशबाट भइरहेको छ । नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ । देशलाई पुनः अस्थिरता र अशान्तितर्फ धकेलिएको छ ।’  
 



Author

थप समाचार
x